माओवादीमा पदाधिकारी चयन शर्मामाथिको छानबिनपछि

डिसी नेपाल
२५ असार २०७९ ६:३३
76
Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रको सोमबारयता लगातार बसेको केन्द्रीय समिति बैठक पदाधिकारी टुंगो लगाउन असफल भएको छ।

बिहीबार बसेको अन्तिम बैठक स्थायी कमिटी सदस्य संख्या र पोलिटब्युरो सदस्य टुंग्याउन सफल भए पनि पदाधिकारी चयनमा भने असफल रह्यो। पदाधिकारीमा कार्यकारी पद मानिने महासचिवका प्रमुख दाबेदार मानिएका जनार्दन शर्मामाथि संसदीय छानबिन चलिरहेकाले त्यो नटुंएिसम्म पदाधिकारी चयन नगरिएको हो।

केन्द्रीय सदस्य हिमाल शर्माले मधेसका कतिपय नेताहरूमाथि निर्वाचनका बेला पार्टी हितविपरीत कार्य गरेको भन्दै कारबाहीको माग उठेको र पूर्वअर्थमन्त्री शर्मामाथि पनि संसदीय छानबिन भइरहेकाले पदाधिकारी चयन प्रक्रिया रोकिएको हो। शर्मामाथिको छानबिन सकिनेबित्तिकै पदाधिकारी चयन हुने उनले बताए।

पार्टीको वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महराको नाममा भने सहमति भइसकेको शर्माले बताए। महासचिवलगायत अन्य पदमा भने १० दिनपछि टुंगो लगाइनेछ। महासचिवका मुख्य दाबेदार वर्षमान पुन पनि हुन्।

शर्माको सम्भावना भने संसदीय छानबिनको रिपोर्टमा भर पर्ने नेताहरूले जनाएका छन्। ‘संसदीय छानबिन समितिले के निर्णय गर्छ, त्यसले नै पार्टीभित्रको भूमिकालाई पनि तय गर्छ,’ पार्टीका एक नेताले भने। माओवादी केन्द्रभित्र नेताहरू पम्फा भुसाल, हरिबोल गजुरेल, देव गुरुङ, शक्ति बस्नेत र गिरिराजमणि पोख्रेलले पनि पार्टीको कार्यकारी भूमिका अर्थात् महासचिवमा रुचि देखाएका छन्।

माओवाद्री केन्द्रीय समिति बैठकले स्थायी कमिटीमा ४१ जना रहने टुंगो लगाएको छ। स्थायी समिति सदस्यमा २३ जनाको टुंगो लागेको छ भने बाँकी १८ जना चयन गर्न बाँकी छ। स्थायी समिति सदस्यहरूमा पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, वर्षमान पुन, पम्फा भुसाल, हरिबोल गजुरेल, चक्रपाणि खनाल, शक्ति बस्नेत, जनार्दन शर्मा, गणेश शाह, देव गुरुङ, देवेन्द्र पौडेल, मातृका यादव, लीलामणि पोखरेललगायत छन्। नागरिक दैनिकबाट


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *