अजिङ्गरले जिउदै बाख्रा निलेपछि…
उदयपुर । चुरे नजिकैको सगरमाथा सामुदायिक वन उपभोक्ता समूहको जंगलमा आइतबार दिउँसो अजिङ्गर फेला परेको छ।
उदयपुरको चौदण्डीगढी नगरपालिका-५ सुन्दरपुरस्थित सामुदायिक वनमा अजिङ्गर भेटिएको हो ।अजिङ्गरले एउटा बाख्रो खाएको छ । प्रहरीले अजिङ्गरलाई नियन्त्रणमा लिएर वन कार्यालयमा बुझाएको छ।
अजिङ्गरले स्थानीय किसान कृष्ण दाहालको बोका खाएको हो। अजिङ्गरलाई कोशी टप्पु आरक्षमा लगेर छोडिने डिभिजन वन कार्यालय उदयपुरका रेन्जर पुन्य पौडेलले जानकारी दिए।


प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment