लिउको भ्रमण तालिकाः बिहान बीपी संग्रालयमा, साँझ प्रचण्डसँग सोल्टी होटलमा डिनर

डिसी नेपाल
२७ असार २०७९ ९:४६
132
Shares

काठमाडौं। चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) विदेश विभाग प्रमुख लिउ जियानचाओ सुन्दरीजलस्थित बीपी संग्रहालयको भ्रमणमा जाँदै छन्।

चार दिने भ्रमणमा आइतवार नेपाल आएका विदेश विभाग प्रमुख जियानचाओेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग साँझ सोल्टी होटेलमा भेटघाट गर्ने छन्।

मंगलबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वालकोटमा लञ्च मिटिङ गर्ने जिआनचाओले दिउँसो एभरेस्ट होटलमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल र नेता खनाललाई भेट गर्नेछन्।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुधबार मात्रै भेटेपछि उनी स्वदेश फर्कनेछन्। आइतवार उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *