सिटी एक्सप्रेस मनी ट्रान्सफरले १६औं बार्षिकोत्सव मनायो

डिसी नेपाल
२९ असार २०७९ १५:४०
24
Shares

काठमाडौँ। सिटी एक्सप्रेस मनी ट्रान्सफरले १६ औं वार्षिकोत्सव सम्पन्न गरेको छ। असार २७ गते सिटी १६ औं वर्षमा प्रवेश गरेको हो।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले “समृद्धीको उत्सव” भन्ने मुल नाराका साथ १६औं बार्षिकोत्सवको अवसरमा १६ बर्षसम्मको निरन्तर यात्रामा सहयात्री भई साथ दिने ग्राहकहरू, शुभचिन्तक, नियामक निकाय एवं साझेदार संस्थाहरूलाई धन्यवाद ज्ञापन गरेको छ ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै “जहाँ नेपाली, त्यहाँ सिटी एक्सप्रेस” भन्ने आफ्नो नारालाई आत्मसाथ गर्दै बिगत १५ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *