महोत्तरीमा अत्यधिक गर्मीका कारण बिरामीको संख्यामा वृद्धि

डिसी नेपाल
३० असार २०७९ १२:१९
24
Shares

महोत्तरी। तराईमा यतिबेला प्रचण्ड गर्मी छ । गर्मीसँगै किसानहरूलाई भने निकै चटारो छ। पहाडमा रोपाइँ अन्तिम चरणमा पुगे पनि तराईमा भने ३० प्रतिशत पनि सकिएको छैन। अत्यधिक गर्मीका काम गर्नुपर्ने बाध्यताका कारण किसानहरू बिरामी पर्न थालेका छन्। जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीको तथ्यांकअनुसार पछिल्लो ७ दिनदेखी बिरामीको संख्यामा ह्वात्तै वृद्धि भएको छ।

जलेश्वर प्रादेशिक अस्पताल महोत्तरीमा पछिल्लो ७ दिन यता ३० प्रतिशत बिरामी बढेको अस्पतालका डा. प्रदिपकुमार साहले जानकारी दिए । उनका अनुसार भाइरल ज्वरो, टाइफाइड, निमोनियाका बिरामी बढेका छन्। पसिना अत्यधिक आउने र पर्याप्त पानी सेवन नगर्दा डिहाइड्रेसनका बिरामी बढेका डा‍. साहको भनाइ छ।

सरकारी अस्पताल मात्र हैन निजी अस्पतालसमेत भरिभराउ देखिएका छन्। अत्यधिक गर्मी कै कारण सर्पको डसाइमा समेत वृद्धि भएको छ।

जिल्लाको बर्दिबास सर्पदंश उपचार केन्द्र गौरिडाडामा मात्र दुईजनाको मृत्यु भइसकेको छ भने जिल्लाका अन्य उपचार केन्द्रमा पनि सर्पले डसेका बिरामीको संख्या अधिक बन्दै गएको छ। गर्मीकै कारण लामखुट्टेको संख्यामा समेत वृद्धि भएको छ । जसकाे कारणले भाइरल ज्वरो, टाइफाइडका बिरामीहरु बढेको चिकित्सकहरूको बताए।

अत्यधिक गर्मीले बच्चाहरूमा समेत समस्या बनेको छ। घमाउरा उने र घाउसमेत हुनाले घरमै प्राथमिक उपचार गर्ने गरेको रामगोपालपुरका रामरन्जन बताउँछन्।

महोत्तरीमा अहिले अधिकतम तापक्रम ३६ डिग्री सेल्सियस छ। अत्यधिक बढेकाे गर्मीले जनजीवनसमेत अस्तव्यस्त बन्न थालेको छ। बिहानैदेखि बहने तातो हावा र चर्को घामले मजदुरहरू काममा जानसमेत छाडेका छ्न्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.