प्रचण्ड आज भारत जाँदै, मोदीसँग भेट्ने

डिसी नेपाल
३१ असार २०७९ ७:४०
12
Shares

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज शुक्रबार भारत भ्रमणमा जाँदैछन्। उनी भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नड्डाको निमन्त्रणामा तीन दिने भ्रमणमा जान लागेका हुन्।

प्रचण्ड आज दिउँसो १ बजे भारतको राजधानी नयाँदिल्ली प्रस्थान हुने कार्यक्रम छ। दिल्लीमा रहँदा प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका नेतासँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।

माओवादी नेता देव गुरुङका अनुसार भाजपा नेतृत्वसँग सद्भावना आदान–प्रदानका सन्दर्भमा प्रचण्ड भारत जान लागेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.