पूर्वअर्थमन्त्री शर्मा प्रकरणको सम्पूर्ण जिम्मा प्रधानमन्त्रीको हुन्छः पूर्वअर्थमन्त्री खतिवडा(अन्तर्वार्ता)

डिसी नेपाल
३२ असार २०७९ १०:५२
368
Shares

काठमाडौं। पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका नेता युवराज खतिवडाले पूर्वअर्थमन्त्री जनार्दन शर्मा प्रकरणको जिम्मा प्रधानमन्त्री शेरबहादुर देउवाले लिनुपर्ने बताएका छन्।नेपालको लोकतान्त्रिक प्रणालीमा सरकारको सबै जिम्मेवारी प्रधानमन्त्रीको हुने भएकाले पूर्वअर्थमन्त्री शर्माको जिम्मा पनि प्रधानमन्त्री देउवाले लिनुपर्ने खतिवडाको भनाई छ।

प्रधानमन्त्रीलाई जानकारी नभइकन कुनै पनि मन्त्रीले कुनै बदनियतपूर्ण काम गर्छ भने उक्त मन्त्रीलाई बर्खास्त गर्न र राजिनामा माग गर्न सक्ने अधिकार प्रधानमन्त्रीको रहेको खतिवडाले बताए।

डिसी नेपालको ‘द ब्रिज टक’ कार्यक्रममा बोल्दै खतिवडाले अर्थमन्त्री होस् या कुनै पनि मन्त्री विरुद्ध कुनै पनि लामो बहस,प्रश्न उठिसकेपछि त्यसमा प्रधानमन्त्रीले यहाँ प्रश्न उठ्यो भनेर जनतालाई स्पष्टीकरण दिएर अथवा  अर्थमन्त्रीले आफ्नै ढंगबाट निर्णय गरेका हुन् भन्न सक्नुपथ्र्यो। तर त्यो पनि गर्न नसकेको खतिवडाको आरोप रहेको छ।‘यती धेरै विवाद भइसकेपछि र नेपाली कांग्रेसका नेता सांसदहरुले प्रश्न उठाइसकेपछि प्रधानमन्त्री ‘याक्सन’मा जानुपथ्र्यो।तर उहाँ जानुभएन त्यसकारण उहाँ ‘याक्सन’मा नजाँदा उहाँकै संग्लनता छ कि भन्ने प्रश्न उठेको हो।

‘उनले भने‘अर्को कुरा अर्थमन्त्रीले या कुनै पनि मन्त्रीले काम गर्दा खेरि प्रधानमन्त्रीलाई जानकारी दिएर गर्ने चलन पनि हुन्छ।त्यो गर्दा खेरि कुनै लाभको कुरा भएको रहेछ भने छानबिन हुँदै छ।कुनै पनि व्यक्तिलाई आरोपित नगरौँ सकिन्छ।तर त्याे पनि प्रधानमन्त्रीबाट भएन। यदी प्रधानमन्त्रीको सल्लाह विना शर्माजीले त्यस्तो खाले गतिविधि गरेको भए प्रधानमन्त्रीले ‘याक्सन’ लिनुहुन्थ्यो नि त। त्यसकारण प्रधानमन्त्रीको भूमिकामा पनि शंका रहेको छ।’

शर्मामाथि बजेट घोषणाको अघिल्लो रात जेठ १४ गते अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लागेको छ । साथै अनधिकृत व्यक्ति प्रवेश गरेको प्रमाणका रूपमा रहेको सीसीटीभी फुटेज अर्थ मन्त्रालयका उच्च अधिकारीकै मिलेमतोमा ‘डिलिट’ गराइएको पनि उनीमाथि आरोप लागेको छ । उनीमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष समिति गठन भएको छ ।

भिडियोः




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.