पार्टी सञ्चालनका लागि बिदेशीसँग पैसा लिन बन्द गर्नुपर्छः नारायणकाजी श्रेष्ठ

डिसी नेपाल
३२ असार २०७९ १८:३४
164
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले निर्वाचन जित्नका लागि बिदेशसँग पैसा माग्ने काम बन्द गर्नुपर्ने बताएका छन ।

काठमाडौंमा आयोजित एक बिचार गोष्ठीलाई सम्वोधन गर्दै उपाध्यक्ष श्रेष्ठले सत्ता ढलाउन र सञ्चालनका लागि बिदेशी शक्ति आमन्त्रण गर्ने कार्य बन्द गर्नुपर्ने बताएका छन ।

‘चुुनाव लडन वा पार्टी चलाउन कुनै बिदेश शक्तिसँग नेताले वा राजनीतिक दलले पैसा लिन बन्द गर्नुपर्छ,’ श्रेष्ठले भने, ‘आफनो निर्वाचन क्षेत्रमा बजेटको परिधी भन्दा बाहिर गएर बिदेशी शक्तीसँग सहयोग माग्ने कार्य बन्द पनि गर्नुपर्छ ।’
श्रेष्ठले भु–राजनीतिक अवस्था सही ठाउँमा राख्नका लागि ४ वटा बिषयमा जोड गर्दै सन्तान र नातागोताका लागि छात्राबृतीका लागि सहयोग माग्ने काम पनि बन्द गर्नुपर्ने बताएका छन ।

‘आफनो छोराछोरी र अन्य नातेदारका सन्तानलाई छात्रावृती दिलाई देऊ भनेर बिदेशी दुतावास गुहार्ने काम बन्द गर्नुपर्छ,’ श्रेष्ठले अगाडी भने, ‘त्यसैगरी सत्ता फयाक्ने वा आफु सत्तामा जानका लागि बिदेशी शक्तिको हस्तक्षेप स्विकार गर्ने वा आमन्त्रण गर्ने कार्य बन्द गर्नुपर्छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.