लुम्बिनी सांस्कृतिक नगर कोरोनाविरुद्धको पूर्णखोप सुनिश्चित

डिसी नेपाल
३२ असार २०७९ २२:१९
8
Shares

बुटवल । लुम्बिनी सांस्कृतिक नगरपालिकाले कोरोनाविरुद्धको खोपको लक्ष्य पूरा गरेकाले खोपको सुनिश्चितता तथा नियमित खोपको दिगोपन सुनिश्चित नगर घोषणा गरिएको छ ।

विश्वमा महामारीका रूपमा कोरोना भाइरस फैलिएको र यसलाई नियन्त्रण खोपले मात्र गर्न सक्ने भएकाले पूर्णखोप नगर सुनिश्चितता घोषणा गरिएको नगरपालिकाको सूचना शाखाले जनाएको छ । नगरमा १२ वर्ष उमेर समूहदेखि माथिका नागरिकलाई कोरोनाको पूर्णखोप प्रदान गरी नागरिकको स्वास्थ्यप्रति नगरपालिका गम्भीर रहेको नगरप्रमुख सजरुद्दिन मुसलमानले बताए ।

खोप अभियानमा स्वास्थ्यकर्मिको महत्वपूर्ण भूमिका रहेको बताउँदै नगर उपप्रमुख कल्पना हरिजनले नगरको स्वास्थ्य क्षेत्रको विकासमा सबैले सहकार्य गर्न आवश्यक रहेको बताए । महामारी फेरि आउन सक्ने भएकाले यसमा सबै सजग हुनुपर्ने भन्दै प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेले स्वास्थ्य सेवा प्रभावकारी बनाउन स्वास्थ्यकर्मी तथा स्वयंसेविकाको भूमिका महत्वपूर्ण हुने बताए। लुम्बिनीमा कोरोनाविरुद्धको पूर्णखोपको सुनिश्चिताले पर्यटक तथा बौद्ध धर्मालम्बीका लागि सुरक्षित देखिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *