उपसभामुख भुसालको सपथ शीतल निवासमा अपरान्ह ४ बजे

डिसी नेपाल
१ साउन २०७९ १५:३७
36
Shares

काठमाडौं।प्रतिनिधिसभाकी उपसभामुख पुष्पा भुसाल गौतमले आइतबार सपथ लिने भएकी छन् । शुक्रवार निर्वाचित भएकी उपसभामुख भुसालले राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको सपथ लिने भएकी हुन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा अपरान्ह ४ बजे हुने कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख अग्निप्रसाद सापकोटाले भुसाललाई पद तथा गोपनीयताको शपथ गराउने छन् । दोस्रो प्रयासमा भुसाल उपसभामुखमा विजयी भएकी हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.