बाँकेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

डिसी नेपाल
२ साउन २०७९ ११:२५
84
Shares

बाँके। बाँकेको राप्ती सोनारी गाँउपालिका–७ निबुवाटारमा हिजो राति मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा पैदलयात्री राप्तीसोनारी गाँउपालीका–५ बिनौनाका अन्दाजी ५० बर्षीय बुचु थारु रहेका छन्।

अन्दाजी २३ बर्षीय नविन बुढामगरले चलाएको भे ७ प १५२७ नम्बरको मोटरसाइकलको ठक्करबाट हिजो बेलुकी राती ८ बजे घाइते भएका थारुको उपचारको क्रममा नेपालगन्जस्थित भेरी अस्पतालमा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका चालक बुढामगरलाई भने उपचारको लागी नर्सिङहोम नेपालगन्ज पठाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *