‘नेपाललाई ‘प्ले ग्राउण्ड’ बनाउनेतिर संसारका शक्ति राष्ट्रहरु लागेका छन्’

डिसी नेपाल
२ साउन २०७९ १३:३७
64
Shares

काठमाडौं। राष्ट्रिय सभाका सांसद जितेन्द्र नारायण देवले नेपाललाई ‘प्ले ग्राउण्ड’ बनाउने तिर संसारका शक्ति राष्ट्रहरु लागेको आरोप लगाएका छन्। राष्ट्रिय सभाको सोमबारको बैठकमा विशेष समयमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्।

‘नेपाललाई प्ले ग्राउण्ड बनाउने तिर संसारका शक्ति राष्ट्रहरु लागेका छन्। नेपाल प्ले ग्राउण्ड नबनोस्,’ सांसद देवले भने, ‘नेपालको कुनै पनि विषयमा निर्णय लिने सार्वभौम अधिकार नेपाल र नेपाली जनताको हो, तिमीहरु बोल्न पाउँदैनौं भन्न सक्नुपर्छ सरकारले।’

नेपालको कूटनीतिमा केही चुनौत र केही खतराहरु देखिरहेको उनले बताए। नेपालको आन्तरिक विषयलाई लिएर दुई ठूला शक्ति राष्ट्र अमेरिका र चीनले वाकयुद्ध गरिरहेकोमा उनले आपत्ति समेत जनाए।

‘हिजो एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) पास हुँदाखेरी चीन एमसीसी पास हुनुहुँदैन भनेर खुलेर आयो। अमेरिका पास हुनुपर्छ भनेर आयो । एसपीपी (स्टेट पार्टनरसीप प्रोग्राम) पास पास होस् भन्ने अमेरिका चाहन्थ्यो। एसपीपीमा नजाने नेपालको निर्णयको चीनले खुलेर स्वागत गर्यो,’ उनले भने।

नेपालमा कुन विषयमा कसरी जाने भन्ने निर्णय लिने अधिकार सार्वभौम नेपाली जनता र सरकारको अधिकार भएको उनले बताए । उनले चीन र अमेरिकालाई सम्बोधन गरेर एउटा कडा विज्ञप्ति जारी गर्न सरकारको ध्यानाकर्षण समेत गरे।

केही दिनअघि चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग प्रमुखले गरेको नेपाल भ्रमण र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले गरेको भारत भ्रमणलाई भने उनले सकारात्मक बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.