प्रचण्ड र बाबुरामबीच भेटवार्ताः समाजवादी केन्द्र गठनबारे छलफल
काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच सिंहदरबारमा भेटवार्ता भएको छ।सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा भएको दुई नेताबीचको छलफलमा समाजवादी केन्द्र गठनबारे छलफल भएको स्रोतले बताएको छ ।
भट्टराईलाई केही दिनअघि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव समूहले कारबाही गरेको थियो।भेटवार्तामा समाजवादी केन्द्र गठन, प्रचण्डको भारत भ्रमण, आगामी निर्वाचनमा सत्तारुढ गठनबन्धन लगायतका विषयमा छलफल भएको स्रोतले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment