जनार्दन प्रकरणः आज पनि छानविन समितिको बैठक बस्दै

डिसी नेपाल
६ साउन २०७९ ९:४१
72
Shares

काठमाडौँ। बजेट निमार्णमा अनधिकृत ब्यक्तिलाई प्रवेश गराएको भन्दै छानविनको लागि गठित संसदीय छानविन समितिको बैठक आज पनि बस्दैछ।

निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत ब्यक्तिलाई बजेट निमार्णमा संलग्न गराएर करको दायरा हेरफेर गरेको आरोप लागे पछि संसदीय छानविन समितिले अनुसन्धान सुरु गरेको हो।

गत बिहिवार अर्थमन्त्री शर्मालाई समितिमा बोलाएर झन्डै ३ घण्टा सोधपुछ गरेको समितिले अर्थमन्त्रालयको सिसिटिभी फुटेज अनुसन्धानका लागि नेपाल प्रहरीलाई पठाएको थियो।  जेठ १४ को सिसिटिभी फुटेज माग्दा असारको दिएपछि थप शंकास्पद बनेको उक्त घटनाको हार्ड डिस्क नै मगाएर समितिले छानविन गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.