प्रेस युनियन निर्वाचन : देउवा प्यानल पराजित

डिसी नेपाल
९ साउन २०७९ ९:५६
76
Shares

काठमाडौँ। नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको केन्द्रीय अध्यक्ष पदमा शिव लम्साल ७४५ मत प्राप्त गरी निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी अनिता विन्दुले ६१२ मत प्राप्त गरेकी थिइन्।

युनियनको हेटौँडामा आइतबार सम्पन्न नवौँ महाधिवेशन अन्तर्गतको निर्वाचनमा एक हजार ६७९ मतदातामध्ये एक हजार ३९७ मत खसेको थियो। यसैगरी वरिष्ठ उपाध्यक्ष पदमा प्रेम केसी, उपाध्यक्षद्वयमा नकुल अर्याल र भीष्मराज ओझा,उपाध्यक्ष महिलामा सलोजा दाहाल र उपाध्यक्ष समावेशीमा दीपेन्द्र वान्तवा विजयी भएका छन्।

युनियनको महासचिवमा दिलीप पौडेल र कोषाध्यक्ष माधव धिताल निर्वाचित भएको निर्वाचन समितिले जनाए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.