विदेशी महिलालाई नेपाली पुरुषसँग विवाह गरेको सात वर्षपछि मात्र नागरिकता दिनुपर्छः सांसद दाहाल
काठमाडौँ। राष्ट्रिय सभाका सांसद देवेन्द्र दाहालले नागरिकता सम्बन्धी विधेयकमा केही संवेदनशिल कुराहरु छुटेको बताएका छन्। उनले आज राष्ट्रिय सभाको बैठकमा उक्त कुरा बताएका हुन्।
‘नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई विवाह गरेको सात वर्षपछि मात्र नागरिकता दिने विषय विधेयकमा राख्नु पर्छ, यो छुटेको छ,’ सांसद दाहालले भने। विश्वका कुनै पनि देशले नागरिकतामा प्रायः खुकुलो प्रावधान नराख्ने उनले बताए।
नागरिकता सम्बन्धी विधेयक छलफलको लागि आज गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रिय सभामा पेश गरेका छन्। सही विधेयकमाथि छलफलका क्रममा दाहालले विधेयकमा केही कुरा थप्न भनेका हुन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment