प्रधानमन्त्री देउवा बोल्न लाग्दा ‘एमसीसीको मतियार देउवा मुर्दावाद’काे नारा (फोटो\भिडियोसहित)

डिसी नेपाल
९ साउन २०७९ १९:१४
176
Shares

काठमाडौं । प्रधानमन्त्री सहभागी कार्यक्रममा नाराबाजी भएको छ ।

सोमबार राष्ट्रिय विभूति भीमसेन थापाको २४८ औं जन्मजयन्तीको अवसरमा आयोजित भीमसेन थापा स्मृति पुरस्कार प्रदान गर्ने समारोहमा सहभागी भएका प्रधानमन्त्री देउवाविरुद्ध एक युवकले नाराबाजी गरेका हुन् ।

नागरिकता विधेयक र एमसीसीको बिरोध गर्दै उनले नाराबाजी गरेका थिए ।

प्रधानमन्त्री देउवाले सम्बोधन गर्न माइक तर्फ जाँदै लाग्दा उनले नारा लगाएका थिए । नागरिकता विधेयक खार्ज गर्, एमसीसीको मतियार देउवा मुर्दावाद् लगायतका नारा उनले लगाएका थिए । आफूविरुद्ध नारबाजी भइरहँदा देउवाले पनि उनीतर्फ हेरेका थिए । उनले नारा लगाइरहँदा सुरक्षाकर्मीले उनलाई बाहिर निकालेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.