गर्भावस्थामा चाउचाउ खानुका यस्ता छन् बेफाइदा

डिसी नेपाल
१० साउन २०७९ ७:५३
80
Shares

काठमाडौं । तपाई गर्भवती भएको थाहा पाउने बित्तिकै तपाईको सम्पूर्ण संसार परिवर्तन हुन्छ। अब हरेक सानो कुराको ख्याल गर्नुपर्छ। तपाईको धेरैजसो समय स्वस्थ गर्भावस्था र बच्चाको स्वास्थ्यको लागि के खाने र के बाट टाढा रहने भन्ने कुराको ख्याल गर्नुपर्दछ । आफ्नो बच्चाका लागि सबै कुरा सही गर्न चाहनुहुन्छ भने आफुसंग संगै बच्चाको पनि ख्याल राख्नु पर्दछ ।

यो समयमा तपाईंलाई विभिन्न प्रकारका खानेकुराहरु खान मन होला तर तपाईले जे खाए पनि त्यसले स्वास्थ्यमा पर्ने प्रभावका विषयमा जानु पर्ने हुन्छ । यस्तै मन पर्ने खाने कुरामा बजारमा पाइने इन्स्ट्यान्ट चाउचाउ पनि हुनसक्छ । चाउचाउलाई गर्भावस्थाको आहार बनाउनु अघि केहि सोच्नुहोस्। यस प्रकारको खानाले तपाईंको गर्भमा रहेको बच्चालाई हानि पुर्‍याउन सक्छ र गर्भावस्थामा केही कठिनाइहरू निम्त्याउन सक्छ।

यदि तपाईं गर्भवती हुनुहुन्छ भने यो समयमा चाउचाउ खानु उपयुक्त हुँदैन । यसले तपाईं र तपाईंको बच्चाको स्वास्थ्यलाई हानि पुर्‍याउन सक्छ। त्यसोभए गर्भावस्थामा इन्स्ट्यान्ट चाउचाउ खाँदा पर्ने प्रभाव बारे जानौं।

चिकित्सकहरुका अनुसार यो समयमा महिलाले इन्स्ट्यान्ट चाउचाउ खानु हुँदैन । यदि खानु नै छ भने त्यसमा नुन हाल्नु हुँदैन । यसको पोषण बढाउनको लागि यसमा धेरैभन्दा धेरै तरकारीहरू प्रयोग गर्नुहोस्। धेरै थोरै मात्रामा चाउचाउ राखेर खानुहोस् ।

इन्स्ट्यान्ट चाउचाउका बेफाइदाहरू:
नूडल्सलाई जंक फूडमा राखिन्छ किनभने यसमा कार्बोहाइड्रेट र फ्याट धेरै हुन्छ। तिनीहरूमा भिटामिन, प्रोटीन, फाइबर र खनिजहरू धेरै कम छन्।

नूडल्सको बारेमा सबैभन्दा ठूलो चिन्ता यो हो कि यसमा सोडियम हुन्छ। एक अध्ययनका अनुसार, वयस्क र ४ बर्ष भन्दा माथिका बच्चाहरुलाई प्रति दिन १५०० मिलिग्राम सोडियम चाहिन्छ। एक कप चाउचाउमा २७०० मिलीग्राम सोडियम हुन्छ । जुन अत्याधिक धेरै हो। गर्भावस्थामा उच्च रक्तचापको जोखिम पनि हुन्छ। जसलाई तपाईले धेरै सोडियम खाएमा अझ बढ्न सक्छ ।

अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनको अनुसार नियमित चाउचाउ खाँदा ट्युमर वा क्यान्सरको सम्भावना बढ्छ। चाउचाउमा मोनो सोडियम ग्लुटामेट, प्रसस्त मात्रामा संतृप्त बोसो, सोडियम मात्र नभै पेट्रोलियम पदार्थ शुद्धिकरण गर्दा बाँकी रहने रसायन टर्सियरी ब्युटाइलहाइड्रोक्विनोन (टीबीएचक्यू) समेत प्रयोग भएको हुन्छ । यो पदार्थले पाचन प्रक्रियालाई असन्तुलित बनाइदिन्छ र खाएको कुरा पच्न गाह्रो हुन्छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *