दाउन्नेमा बस पल्टिएर आगलागी हुँदा ६ जना गम्भीर घाइते
नवलपरासी। नवलपरासी पूर्वको दाउन्नेमा बस पल्टिएर आगलागी हुँदा ३१ जना यात्रु घाइते भएका छन्। घाइते यात्रुमध्ये ६जनाको को अवस्था भने गम्भीर रहेको छ।
कञ्चनपुरबाट काठमाडौंका लागि छुटेको ना ५ ख ५१०० नम्बरको बस आफैँ अनियन्त्रित भई सडक छेउमा पल्टिँदा बसमा आगो लागेको नवलपुर प्रहरी प्रमुख डिएसपी सन्तोष पाठकले जनाकारी दिए। उनका अनुसार बसमा ३१ जना जना सवार थिए।
घाइतेमध्ये ६ जनालाई उपचारका लागि भरतपुर अस्पताल चितवन पठाइएको छ। अन्यको स्थानीय मध्यबिन्दु अस्पतालमा उपचार भइरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment