जनार्दन शर्मामाथि छानबिन: संसदीय समितिले भोलि प्रतिवेदन बुझाउने

डिसी नेपाल
११ साउन २०७९ १९:३४
108
Shares

काठमाडौं । बजेट निर्माणका क्रममा करको दर हेरफेरमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोपमा पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गरिरहेको संसदीय समितिले शुक्रबार प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

बुधबार सिंहदरबारमा बसेको समिति बैठकले प्रतिवेदन लेखनका बारेमा छलफल गरेको र बिहीबार प्रतिवेदनलाई अन्तिम रूप दिएर शुक्रबार बुझाउने तयारी गरेको समितिका सचिव सुरेन्द्र अर्यालले बताए ।

उनले प्रतिबेदनमा समान धारणा आउने दाबी गरे । तर छलफलका क्रममा आएका फरक मतमासमेत सहमति खोजिने उनको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.