विपद् व्यवस्थापनमा पालिकाहरु भाग्दै
पाँचथर। मध्य वर्षाको समय र अधिक पानी परिहरेकोले बाढी र पहिराबाट बच्न सजगता अपनाउने कृयाकलाप तीब्रगतिमा भइरहेका छन्। तर, अधिकांश पालिकाहरु भने विपददेखि भाग्न थालेका छन्। जसको पछिल्लो उदाहरण हाे, विपद् व्यवस्थापन समिति बैठकमा ६ वटा पालिकाले बहिस्कार नै गरे।
प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको विपद् व्यवस्थापन समितिको बैठकमा बाढी र पहिरोबाट बच्न सावधानी अपनाउनेदेखि विपद् प्रतिकार्य योजना बनाउनेसम्मको कार्ययोजना थियो।
तर, हिलिहाङ, तुम्बेवा, फालेलुङ, फाल्गुनन्द, मिक्लाजुङ र कुम्भायक पालिकाले बैठक नै बहिस्कार गरे। फिदिम नगर प्रमुख मित्रप्रसाद काफ्ले र याङवरक पालिका प्रमुख भीमबहादुर योङया भने उपस्थित भएको प्रजिअ सुरेश न्यौपानेले बताए।
बैठकले विपद् प्रतिकार्य योजना तत्काल बनाएर कार्यान्वयनमा लाने र पालिकाहरुको लगानीमा जेटबोट खरिद गर्ने निर्णय गरेको छ। फालेलुङ-७ को बिदिनमा ७१ वर्षीय दलप्रसाद मगरको घर पहिरोले बगाएर रुपलाल, गोमा र भतिजी एलिसा मगरको मृत्यु भएको थियो। उनीहरुको परिवारलाई प्रति व्यक्ति २ लाख रुपैयाँ दरमा राहत उपलब्ध गराउने निर्णय भएको छ।
बैठकले नेपाल रेडक्रस शोसाइटीले फालेलुङ गाउँपालिकामा ४ वर्ष सञ्चालन हुने ‘जलबायु मैत्री विपद् व्यवस्थापन तथा विपद् जोखिम न्युनिकरण कार्यक्रम’ लाई सञ्चालन गर्न स्वीकृत दिएको छ ।
यो कार्यक्रममा जलवायु परिवर्तनले परेको विपद् सम्वन्धी असर न्युनिकरण, प्राथमिक उपचार, विद्यालय सरसफाइ, खोज उद्धारसमेतका कृयाकलाप सञ्चालन हुने रेडक्रसका अधिकृत गुरुराज तिम्सिनाले बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment