स्थायी कमिटीमा प्रचण्डको ब्रिफिङ-कांग्रेससँगको गठबन्धनको विकल्प छैन

डिसी नेपाल
१२ साउन २०७९ १३:०८
208
Shares

काठमाडौं। कांग्रेसले संघीय निर्वाचनमा आफूसँग धेरै सिट राख्ने र गठबन्धनमा आवद्ध दललाई प्रयोग गर्न खोजेको भन्दै समाजवादी केन्द्र बनाउनु पर्ने आवाज उठिरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनमा कांग्रेससँगै गठबन्धन हुने बताएका छन्।

समाजवादी केन्द्र बनाउन सक्रिय प्रचण्डले बिहीबार माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा राजनीति परिस्थितिका विषयमा ब्रिफिङ गर्दै आगामी निर्वाचनमा कांग्रेससँगै गठबन्धन हुने बताएका हुन्।

उनले तत्काल एमालेसँग एकता वा गठबन्धन संभव नहुने भन्दै कांग्रेससँगको गठबन्धनलाई चुनावसम्म विश्वालिसो ढंगले अगाडि बढाउनु पर्ने बताएका हुन्। प्रचण्डले बैठकमा एकता केन्द्र बनाउने विषयमा भएको प्रगतिका विषयमा पनि बैठकलाई जानकारी गराएका थिए। तर उनको जोड चुनावमा कांग्रेससँगको गठबन्धनलाई नै अगाडि बढाउनुपर्नेमा थियो।

बैठकमा सहभागी एक सदस्यका अनुसार प्रचण्डले कांग्रेससँगै गठबन्धनमा बसेर एमाले बाहेक बामपन्थी दलको मोर्चा बनाउने विषयमा छलफल जारी रहेपनि त्यसले मूर्त रुप लिन नसकेको बताएका थिए।

पछिल्लो समय कांग्रेसले धेरै सिट दाबी गरेको भन्दै वामपन्थी तलमेल वा गठबन्धन गरेर जानुपर्ने आवाज उठिरहेको छ।तर त्यसका लागि एमाले तयार भएको छैन। एमालेले बाम गठबन्धनका लागि कांग्रेससँगको गठबन्धनबाट बाहिरिनुपर्ने सर्त राखेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.