‘जनहित मे जारी’ले तोड्यो ‘आरआरआर’को रेकर्ड
काठमाडौँ। करिब डेढ महिना अघि थिएटरमा रिलिज भएर चार करोड रुपैयाँमात्र बक्सअफिस व्यापार गरेको फिल्म ‘जनहित मे जारी’ले ओटीटीमा रेकर्ड कायम गरिरहेको छ। पुरुषलाई सुरक्षित यौन सम्बन्धका लागि कण्डम प्रयोग गर्नुपर्ने सन्देश दिने फिल्मलाई हेर्न दर्शक भलै फिल्म हलमा त गएनन्, तर घरमै बसेर ओटीटीमा फिल्म हेर्नेको संख्या ह्वात्तै बढेको छ।
नुसरत भरुचा स्टारर यो फिल्मले यो वर्ष फिल्म हलमा नयाँ रेकर्ड बनाउने ‘द कश्मीर फाइल्स’ र ‘आरआरआर’ जस्ता फिल्मको रेकर्ड पनि तोडिदिएको छ। यो फिल्मले पहिलो सप्ताहमा कंगना रनावतको फिल्म ‘धाकड’ भन्दा पनि २२ प्रतिशतले बढी कमाई गरेको थियो।
ओटीटीमा फिल्म जी५मा रिलिज भएको छ। यो फिल्मले ‘धाकड’को तुलनामा सय मिलियन स्ट्रीमिङ मिनिट्सको रेकर्ड धेरै अगाडि छोइसकेको थियो। अब यो फिल्म यो वर्ष हालसम्म जी५ मा सबैभन्दा बढी हेरिने फिल्मको रेकर्ड राखेको छ।
फिल्म ‘आरआरआर’ जी५ मा हिन्दीका अलावा अन्य चार भाषामा रिलिज भएको थियो र यो फिल्मलाई हालसम्म एक हजार मिलियन मिनेटमा हेरिएको छ।
तर ‘जनहित मे जारी’ ले यो आँकडा छोएर सबैलाई चकित बनाएको छ। फिल्म ‘आरआरआर’ले २२ दिनमा हजार मिलियन मिनेटको भ्यू रेकर्ड बनाउँदा ‘जनहित मे जारी’ले १३ दिनमै ‘आरआरआर’को रेकर्ड तोडेको हो।
फिल्मले एक कण्डम बेच्ने कम्पनीमा काम गर्ने युवतीको कथा बोल्छ। उनको काममा कैयौं मानिसले प्रश्न उठाए पनि उनी भने मानिसलाई सुरक्षित यौन सम्बन्धका लागि जागरुक बनाउने अभियानमा सक्रिय रहन्छिन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment