काठमाडौं क्षेत्र नम्बर ४ ‘क’मा माओवादीबाट गुरुङको दाबेदारी
काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ ‘क’बाट बागमती प्रदेशको प्रदेशसभा सदस्यमा रणबहादुर गुरुङ ‘रविन’ले आफ्नो दाबेदारी पेश गरेका छन् ।
पार्टीको आन्तरिक बैठकमा नेकपा माओवादी केन्द्रका युवा नेता गुरुङले प्रदेशसभा सदस्यका लागि दाबेदारी पेश गरेको उनी निकट एक नेताले जनाए । पार्टीले सम्भावित उम्मेदवारलाई आफ्नो चुनावी रणनीति र दाबेदारीबारे तयारी गर्न निर्देशन दिएसँगै उनले प्रदेशसभा सदस्यका लागि आन्तरिक बैठकमा दाबेदारी पेश गरेका हुन् ।
‘मैले उम्मेदवारी घोषणा गर्ने नगर्ने भन्दा पनि पार्टीले अंगिकार गर्ने नीति नियमलाई कसरी अगाडी बढाउन सकिन्छ भन्ने विषय हो । पार्टीले आवश्यकता ठानेमा मेरो योग्यता र क्षमता प्रदेशसभाका लागि तयार छ’, गुरुङले भने, ‘मैले पार्टीको नीति र मार्गनिर्देशनलाई पालना गर्ने गराउने र प्रदेशमा आफ्नो पार्टीको विषय दमदार ढंगले राख्ने विषय नै प्रधान हुने भएकाले मेरो उम्मेदवारी हुनुपर्छ भन्ने स्वभाविक नै हो जस्तो लाग्छ ।’
पार्टीको भातृ संगठन वाइसीएलको केन्द्रीय सदस्य बनेका उनी माओवादी केन्द्र बागमती प्रदेश समिति सदस्य हुन् । यस्तै, काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ (क)का इञ्चार्ज हुन् ।







डिसी नेपाल








Facebook Comment