प्रचण्ड र युरोपेली संघका राजदूतबीच भेटवार्ता
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि युरोपेली युनियनका राजदूत नोना डेप्रेजले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।
अध्यक्ष प्रचण्ड निवास खुमटारमा भएको सो भेटवार्तामा उनीहरुबीच नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने विषयमा छलफल भएको थियो । सो अवसरमा राजदूत डेप्रेजले शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउन र नेपालको विकास प्रक्रियामा युरोपेली युनियनको साथ रहने प्रतिबद्धता व्यक्त गरेको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।
नेपालको शान्ति प्रक्रिया सकारात्मक दिशामा अघि बढेको उहाँको भनाइ थियो । भेटमा अध्यक्ष दाहालले नेपालको शान्ति प्रक्रिया र विकासमा युरोपेली सङ्घले गरेको सहयोगप्रति आभार प्रकट गर्नुभएको थियो ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment