हृदयन्द्रलाई एकदिन राजाका रूपमा देख्न चाहन्छुः रवीन्द्र मिश्र

डिसी नेपाल
१४ साउन २०७९ १३:२३
1.1k
Shares

काठमाडौं।विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयन्द्र शाहलाई एकदिन राजाका रुपमा देख्न चाहेको बताएका छन्।हृदयन्द्रको २१ औँ जन्मदिनको शुभकामना दिदैँ मिश्रले सो कुरा बताएका हुन्।

सामाजिक सञ्जालमार्फत हृदयेन्द्रलाई २१औं जन्मदिनको शुभकाना दिँदै मिश्रलेभनेका छन्, ‘म यहाँलाई एकदिन राजाका रूपमा देख्न चाहन्छु।२० वर्षको पत्रकारिता, ५ वर्षको राजनीति तथा अन्य अनुभव र अध्ययनले पुर्याएको निष्कर्ष के हो भने– बदलिएको विश्व भूराजनीतिको भूमरी, लगभग पूर्णतः  आर्थिक परनिर्भर्ता, भ्रष्ट र कमजोर संस्था र आन्तरिक अवस्था तथा अन्य कतिपय कारणले यो देश ढिलोचाँडो नराम्रो संकटमा फस्छ फस्छ।त्यसैले संकटका बेला मात्र सदुपयोग गर्ने उद्देश्यका साथ संसदले बाँधेर ‘खोपामा भए पनि’ राजसंस्था राखौँ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.