प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसूची

डिसी नेपाल
१७ साउन २०७९ ८:४६
96
Shares

काठमाडौं। संघीय संसद अन्तर्गको प्रतिनिधि सभाको बैठक आज बस्दै छ। अपरान्ह दिउँसो १ बजे संघीय संसद भवन बस्ने सो बैठकका लागि सम्भावित कार्यसुची संघीय संसद सचिवालयले सार्वजनिक गरेको छ।

जसअनुसार ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७७’, ‘शपथ सम्बन्धी विधेयक, २०७९’, स्टान्डर्ड नाप र तौल पाँचौं संशोधन विधेयक, २०७४’, ‘प्रत्ययन विधेयक, २०७८’ विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त ‘तथ्यांक विधेयक, २०७८ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि संघीय संसद सचिवालयले सावर्जनिक गरेको छ। सबै बिधेयकहरु राष्ट्रिय सभावाट सन्देशसहित प्रतिनिधिसभालाई प्राप्त भएका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.