सप्तकोशीले कटान सुरु गरे पछि श्रीलंका टापुका बासिन्दा सुरक्षितस्थलतर्फ
सुनसरी। सप्तकोशी नदीले पश्चिम क्षेत्रमा अत्याधिक मात्रामा कटान सुरु गरेपछि श्रीलंका टापुका स्थानीय बासिन्दा सुरक्षित स्थानतर्फ लागेका छन्।
गए रातिदेखी परेको अविरल बर्षाका कारण सप्तकोशीले पश्चिम क्षेत्रको भू-भाग कटान गर्ने क्रम नरोकिएपछि श्रीलंका टापुका बासिन्दा सुरक्षितस्थलतर्फ लागेका हुन्।
पानीको बहाव अत्याधिक मात्रामा बढेपछि कोशी ब्यारेजका ३२ वटा ढोका खोलिएका छन भने २ लाख १६ हजार ८५ क्युबिक प्रतिसेकेन्डका दरले पानीको बहाव भईरहेकाले सुरक्षा सर्तकता अपनाउन प्रहरीले तटीय क्षेत्रका बासिन्दालाई सर्तक गराएइको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment