चौथो संस्करणको सगरमाथा म्युजिक अवार्डकाे आवेदन खुल्याे
काठमाडौं। चौथो साहारा एप सगरमाथा म्युजिक अवार्ड ०७९ हुने भएको छ। ज्योति विकास बैंकको प्रस्तुति रहेको अवार्डको चौथो संस्करणको लागि आवेदन खुला भएको आयोजक संस्थाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।
अर्थ नेपाल प्रालिको आयोजनामा हुने अवार्डको टाइटल स्पोन्सर राइड सेयरिङ एप साहारा एपले गरेको छ भने ज्योति विकास बैंक प्रस्तुतकर्ताको रुपमा छ। म्युजिक अवार्डमा ०७८ सालभरीमा बजारमा आएका गीत संगीतले सहभागीता जनाउन सक्ने कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेतले जानकारी दिए। जुरी र भोटको आधारमा अवार्ड निर्णय हुने अवार्ड संयोजक मनोज थापाले जानकारी दिए।
अवार्डमा राष्ट्रिय, चलचित्र, आधुनिक, लोक दोहोरी र पप विधाका कलाकर्मीहरूले सहभागी हुन सक्ने कार्यक्रम निर्देशक कुशल खत्रीले जानकारी दिए। साहारा एप चौथो सगरमाथा म्युजिक अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पुर्याएका एक जना विशिष्ट व्यक्तिलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिनेछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment