हास्य कलाकार घनश्यामको ‘लुटतन्त्र’
काठमाडौँ। हास्य व्यंग्यको पर्व गाईजात्राको अवसर पारेर हास्य कलाकार घनश्याम गौतमले हास्य व्यंग्य गाईजात्रे झटारो ‘लुटतन्त्र’ बजारमा ल्याएका छन्।लुटतन्त्रमा समसामायिक राजनीतिक विषयबस्तुलाई र नेताहरुको अकर्मण्यता माथि तिखो व्यंग्य प्रहार गरिएको छ।
‘डाँडाघरे साइली’ गीतलाई प्यारोडमा ढालिएको गीतमा कलाकार गौतमकै शब्द र स्वर रहेको छ भने कविता श्रेष्ठले गायनमा साथ दिएकी छिन्। कोचे युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतको भिडियोमा कलाकारहरु सुभाष गजुरेल, कमल मैनाली, दमन रुपाखेती, घनश्याम गौतम, सुरेश तिमल्सिना, प्रेम शर्मा पौडेल, सरिता राजोपाध्याय, गीता थापा, डम्बर घिमिरे, पशुपति दंगाल, विष्णु रोक्का, सविता खड्का, सानु घायल, सुरेन्द्र क्षेत्री, खगेन्द्र गुरागाईं, मनकुमार विश्वकर्मा, सुलभ श्रेष्ठ, राजु तिमल्सिना लगायत छन्।
भिडियोमा केशव अधिकारी खत्रीको छायांकन, कोचे मल्टीमिडियाको निर्माण तथा अभियान साहित्य कलाकार समाजको सहनिर्माण छ।
गीतमा संयोजकको कोरियोग्राफी, प्रेम शर्मा पौडेलको सम्पादन र घनश्याम गौतम ‘नक्कली प्रचण्ड’को लेखन र परिकल्पना छ। एउटा प्यारोडी, एउटा लाइभ दोहोरी समावेश गरिएको उक्त प्रस्तुतीमा भ्रष्टचार, महंगी, बेथिति र भ्रष्ट नेता मन्त्रिहरुको भन्डाफोर गरिएको छ!
No ads found for this position

डिसी नेपाल
Facebook Comment