‘जोकर’ फ्रेञ्चाइजीमा गागा हार्ले क्वीन
काठमाडौँ। हलिउड गायिका तथा अभिनेत्री लेडी गागाले आफू हलिउड फिल्म ‘जोकर’को फ्रेञ्चाइजीको हिस्सा हुने कुराको पुष्टि गरेकी छन्।
उनले सामाजिक सञ्जालमा फिल्मको म्युजिकल टिजर सेयर गर्दै ‘जोकरः फोली ए ड्युक्स’ को हिस्सा हुने घोषणा गरेकी हुन् । फिल्ममा लेडी जोकिन फिनिक्सको अपोजिटमा देखिनेछिन्।
यो एक म्युजिकल फिल्म हुनेछ र लेडी हार्ले क्वीनको भूमिकामा देखिनेछिन्। गत ७ जुनमा फिल्मका निर्देशक टड फिलिप्सले स्क्रिनप्लेको कभर इन्स्टाग्राममा सेयर गर्दै फिल्मको सबटाइटल ‘फोली ए ड्युक्स’ रहेको खुलासा गरेका थिए। जोकिन फिनिक्स फिल्ममा जोकरकै भूमिकामा देखिनेछन्। जोकिनले सन् २०१९ मा रिलिज ‘जोकर’को पहिलो भागका लागि ओस्कारमा ‘बेस्ट एक्टर’को अवार्ड जितेका थिए।
यो फिल्म ९२औं संस्करणको ओस्कारमा सर्वाधिक बढी विधामा मनोनीत भएको थियो। फिल्मको फ्रेञ्चाइजी टिजरमा लेडीको गीत ‘चीक टु चीक’लाई पाश्र्व संगीतका रूपमा राखिएको छ। यो गीत गागाको सांगीतिक करियरको सबैभन्दा शानदार गीत हो।
फिल्म सन् २०२४ अक्टोबर ४ मा रिलिज हुनेछ। फिल्मको पहिलो भागले विश्वव्यापी रूपमा एक बिलियन डलरको कमाई गरेको थियो। फिल्मको कथा मानसिक रूपले बिरामी कमेडियन आर्थर फ्लेकको हो। उनको व्यक्तिगत र व्यावसायिक जीवनमा भएको एक घटनाले उनलाई अपराधको दुनियाँमा लैजान्छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment