बाल गायक प्रिन्स सिलवालको तिज गीत ‘बुट्टेसारी’ बजारमा (भिडियो)

डिसी नेपाल
२१ साउन २०७९ १०:४४
32
Shares

काठमाडौं । बाल गायक प्रिन्स सिलवालले भड्किलो हारितालिका तिजको विषयमा लक्षित ‘बुट्टेसारी म्युजिक भिडियो बजारमा ल्याएका छन्।

तिज पर्वलाई लक्षित गरेर गायक सिलवालले यो म्युजिक भिडियो बाहिर ल्याएका हुन्। एक महिनाअघिदेखि महिलालाई तिज लाग्ने र त्यसले बालबालिकालाई कस्तो प्रभाव परेको छ भन्ने विषयमा गीतमा समेटिएको छ।

बाध्यताले विदेशिनु परेको बुबा, भड्किलो बन्दै गएको तिजमा आमा र छोराबीचका खटपटको विषय गीतमा समेटिएको छ।

म्युजिक भिडियोमा गायक सिलवालको हजुरआमाको भूमिकामा सन्ध्या बुढा (काउलीबुढी) र आमाको भूमिकामा नर्मता शर्माले अभिनय गरेका छन्।

यो गीतमा बालक सिलवाललाई सन्ध्याले साथ दिएकी छन्। सीताराम सिलवालको शब्द, अर्जुन पोखरेलको संगीतलाई अदेश गुरुमछानले अरेन्ज गरेका हुन्।

सन्तोष राजभक्तको कोरियोग्राफी रहेको भिडियोमा माधव शर्माले निर्देशन गरेका छन् भने गीतलाई छायांकन तथा सम्पादन अनिल कटवालले गरेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *