धनुषले गरे ‘द ग्रे मेन’ को सिक्वेल घोषणा

डिसी नेपाल
२२ साउन २०७९ १३:३०
128
Shares

मुम्बई। अभिनेता धनुषले नेटफ्लिक्स हिट ‘द ग्रे मेन’को सिक्वेलमा आफू हत्यारा अविक सान उर्फ द लोन वुल्फको भूमिकामा फर्किने घोषणा गरेका छन्। उनले एन्थनी र जो रुसोद्वारा निर्देशित एक्सन ड्रामाका साथ हलिउडमा आफ्नो यात्रा सुरुवात गरे। जसको गत २२ जुलाईमा नेटफ्क्लिसमा प्रिमियर भएको थियो।

धनुषले इन्स्टाग्राममा एक भिडियो क्लिप पोस्ट गरका छन्। जहाँ उनी हलिउड स्टार रयान गोसलिङका सीआईए कोर्ट जेन्ट्री उर्फ सिएरा सिक्सालई चेतावनी दिइरहेको सुन्न सकिन्छ।

‘सिक्स, म लोन वुल्फ बोलिरहेको छु। मैले सुनें कि हामी दुवैले एकै मानिसको खोजी गरिरहेका छौं। म तिमीलाई केही सल्लाह दिन चाहन्छु। उसलाई खोज्न बन्द गर। तिमी आफ्नो समय बर्बाद गरिरहेका छौं। किनकि यदि मैले उसलाई पहिला खोजें भने तिम्रो लागि केही बच्दैन। तर यदि तिमी उसलाई पहिला भेट्यौ भने म तिमीलाई खोज्नेछु । यसमा कुनै निजी छैन,’ उनले भनेका छन्।

अडियो क्लिप सेयर गर्दै धनुषले ‘ग्रे मेन युनिभर्सको विस्तार हुँदैछ र सिक्वेल आउँदैछ। लोन वुल्फ तयार छ। हैन त’ भन्दै लेखेका छन्।

हलिउड फिल्म ‘द ग्रे मेन’ सन् २००९ मा रिलिज राइटर मार्क ग्रेनीको उपन्यासमा आधारित छ । फिल्ममा धनुषका अलावा गोस्लिङ, इवान्स, एना डे अर्मास, रेगे जीन पेज र जेसिका हेनविक प्रमुख भूमिकामा छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *