‘उचाइ’ फिल्मको फर्स्ट लुक सार्वजनिक

डिसी नेपाल
२२ साउन २०७९ १५:२४
108
Shares

काठमाडौँ। नेपालमा छायांकन भएको बलिउड चलचित्र ‘उचाइ’ को फर्स्ट लुक सार्वजनिक भएको छ। राजश्री फिल्मको ब्यानरमा निर्माण गरिएको फिल्म मित्रता दिवसका दिन आइतबार सार्वजनिक गरिएको छ।

पोस्टरमा हिमाल चढ्दै गरेका तीन कलाकारको तस्बिर समेटिएको छ। सिनेमामा अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानीलगायतका कलाकारको अभिनय छ । पोस्टरमा पनि तिनै तीनजना साथीलाई देखाइएको छ।

मित्रताको कथावस्तुमा आधारित फिल्मको सुरज बड्जात्याले निर्देशन गरेका हुन्। यो फिल्म आगामी ११ नोभेम्बरका दिन रिलिज हुँदैछ। फिल्ममा डेनी डेनजोङ्पाको पनि विशेष भूमिका रहेको छ। याे सिनेमा नेपालका विभिन्न हिमाली भेगमा सुटिङ गरिएकाे थियाे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *