रामबाबु गुरुङकाे नयाँ सिनेमा फुलबारीमा दयाहाङ राई र विपीन कार्की लिड रोलमा

डिसी नेपाल
२४ साउन २०७९ १२:५९
324
Shares

काठमाडौँ। कबड्डी फेम निर्देशक रामबाबु गुरुङ नयाँ चलचित्र निर्देशनमा जुटेका छन्। फुलबारी चलचित्रको बुधबार घोषणा हुँदैछ। सोल्टीमोडस्थित हायात प्यालेसमा एक विशेष कार्यक्रम आयोजना गरी नयाँ सिनेमाको घोषणा गर्न लागिएको हो।

फुलबारी चलचित्रमा विपीन कार्की र दयाहाङ राई लिड रोलमा छन्। चलचित्रमा कबड्डी ४ की अभिनेत्री मिरुना मगर र प्रियंका कार्की अनुबन्ध भएका छन्। झन्डै दुई वर्षको ग्यापपछि प्रियंकाले पहिलो चलचित्र साइन गरेकी हुन्। चलचित्र यशोदा फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको हो।

गुरुङले निर्देशन गरेको कबड्डी सिरिज निकै सफल मानिएको छ। कबड्डी ४ त अहिलेसम्मकै सबैभन्दा धेरै कमाउने नेपाली चलचित्रमा पहिलो नम्बरमा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *