पाटन नगरपालिकाको निर्णय, अब महिला मात्रै उपभोक्ता समिति अध्यक्ष बन्न पाउने

डिसी नेपाल
२६ साउन २०७९ ९:३१
32
Shares

बैतडी। बैतडीको पाटन नगरपालिकाले नगरभित्र सञ्चालन हुने योजनाका उपभोक्ता समिति अध्यक्षमा महिला अनिवार्य हुनुपर्ने निर्णय गरेको छ।

नगर कार्यपालिकाको बैठकले उपभोक्ता समितिको प्रमुख पदमा महिला अनिवार्य हुनुपर्ने निर्णय गरेको उपमेयर कमलसिंह बोहराले बताए । नगर कार्यपालिकाको पहिलो बैठकले उक्त निर्णय गरेको उनको भनाइ छ।

‘योजनाको अधिकम लाभग्राही महिला नै हुन्छन्। खानेपानी, बाटो, बर्थिंग सेन्टर जे बनाए पनि त्यसको बढी प्रयोगकर्ता महिला नै हुन्छन्। त्यसैले निर्माणको जिम्मेवारी समेत उनीहरूलाई दिँदा काम भरपर्दो हुन्छ। यसका साथै महिला इमान्दरीताका साथ काम गर्छन्,’ उनले भने।

उपभोक्ता समिती गठनका क्रममा आफूहरू फिल्डमै उपस्थित भई महिलालाई अध्यक्ष बनाउन पहल गर्ने बोहराले बताए।
नगरपालिका भित्र संचालन गरिने हरेक आयोजनाको काम प्रभावकारी ढंगले सम्पन्न गर्न पहल गर्ने उनले बताए।

चैत मसान्त मसान्तभित्र सबै योजनाको काम सम्पन्न गरिसक्ने र काममा ढिलासुस्ती गर्ने उपझोक्ता समितिलाई भुक्तानी नदिने समेत उनले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *