दर्शील भन्छन्- आमिर खानसँग काम माग्दिनँ

डिसी नेपाल
२९ साउन २०७९ १०:२५
1.4k
Shares

मुम्बई। १५ वर्षअघि रिलिज फिल्म ‘तारे जमिन पर’ लाई दर्शकले निकै मनपराएका थिए। बिरामीसँग जुधिरहेको एक बालकको भावनात्मक यात्राले जोकोही दर्शकलाई भावुक बनाएको थियो। सन् २००७ मा रिलिज यो फिल्ममा इसान अवस्थी नामको बच्चाको भूमिका दर्शील सफारीले निभाएका थिए। उनको चरित्रलाई दर्शकले धेरै माया गरेका थिए।

यो फिल्मपछि दर्शीलले अभिनयबाट ब्रेक लिए र उनी लामो समयदेखि पर्दा बाहिर नै रहे। अब भने उनी फिल्ममा फर्कने तयारीमा छन्। हालैको एक अन्तरवार्तामा उनले आफूले पढाई र कलेज जीवनको मजा लिइरहेकोले क्यामरालाई मिस गरेको बताएका थिए।

उनले आफू फिल्ममा फर्किए पनि अभिनयका लागि आमिर खानसँग काम नमाग्ने खुलासा गरेका छन्। भलै दर्शीलले आमिरकै फिल्म ‘तारे जमिन पर’बाट बलिउडमा पाइला चालेका हुन्। ‘म आमिर खानसँग काम माग्दिनँ । मलाई काम माग्दा लाज लाग्छ । किनकी काम माग्ने होइन, कमाउने हो। काम माग्नु भनेको छिटो बाटो अपनाउनु हो, म छिटोबाटो भन्दा पनि लामो बाटो हिँड्न मनपराउँछु’, उनले भनेका छन् ।

दर्शीलले आफू बलिउडमा कमव्याकका लागि तयार भए पनि कहिलेसम्म कमव्याक हुने भन्ने केही खुलाएका छैनन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *