भेन्टिलेटरमा रहेका राजु श्रीवास्तवलाई सुनाइँदैछ अमिताभको अडियो

डिसी नेपाल
२९ साउन २०७९ ११:११
472
Shares

मुम्बई। भारतीय कमेडियन राजु श्रीवास्तव चार दिनदेखि दिल्लीको एम्स अस्पतालमा भेन्टिलेटरमा छन्। उनका फ्यानहरूले कमेडियनको स्वास्थ्यलाभको कामना गरिरहेका छन्।

डाक्टरका अनुसार उनलाई पाइपको माध्यमबाट दूध दिइएको छ। उनको मुटु र पल्सले ठीकसँग काम गरिरहेको छ। तर उनको दिमाग भने अझै अचेत छ। अभिनेता अमिताभ बच्चनले राजुको परिवारलाई फोनमार्फत एक अडियो सन्देश पठाइएको छ। ‘राजु उठ, अब धेरै भयो। अझै धेरै काम गर्नुछ’, अडियोमा अमिताभले भनेका छन्। उनले राजुको स्वास्थ्यलाभको कामना पनि गरेका छन्।

राजु अमिताभलाई आफ्नो आदर्श मान्छन्। डाक्टरले उनको परिवारलाई राजुले कुनै पनि विषयमा प्रतिक्रिया नदिइरहँदा उनलाई कोही प्रिय मान्छेको आवाज सुनाएमा सायदै त प्रतिक्रिया जनाउने हुन् कि भनेर सल्लाह दिएका थिए।

त्यसपछि उनको परिवारले अमिताभलाई उनले मोबाइल पठाएको लिखित सन्देशभन्दा अडियो सन्देश प्रभावकारी हुन सक्ने बताएपछि अमिताभले अडियो सन्देश पठाएका हुन्।

राजुलाई बुधबार बिहान हृदयाघात भएको थियो। उनको बुधबार नै तेस्रोपटक एन्जियोप्लास्टी गरिएको थियो। जसमा सतप्रतिशत ब्लकेज थियो। शुक्रबार उनको स्वास्थ्यमा केही सुधार आएको थियो। उनले औला र कुम हल्लाउन थालेका छन्। तर स्वास्थ्यमा तीव्र रूपमा सुधार हुन सकेको छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *