लाल सिंह चड्ढा स्वदेशमा विरोध, विदेशमा हिट
मुम्बई। आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’ लाई लिएर भारतमा विरोध भइरहेको छ। हाल प्रदर्शनरत फिल्मले विरोधकै कारण भारतमा राम्रो व्यापार गर्न सकेको छैन।
आमिर यो फिल्मका लागि पछिल्लो चार वर्षयता तयारीमा थिए। यो फिल्मको रिलिज मिति सार्वजनिक हुनासाथ उनीप्रति दर्शक आक्रोशित भए । रोचक कुरा के छ भने यो फिल्मको भारतमा जति विरोध भइरहेको छ, विदेशमा भने फिल्मले उति नै प्रशंसा पाइरहेको छ।
फिल्मले भारतमा मन्द व्यापार गरिरहे पनि यसले विस्तारै पिकअप लिनेमा फिल्मकर्मी आशावादी छन्।
सुरुवाती दिनको तुलनामा पछिल्लो समयमा फिल्मको व्यापारिक आंकडा बढ्दै गएको छ। फिल्मले भारतमा पहिलो दिनमा ११ करोड ७० लाख, दोस्रो दिन सात करोड २६ लाख र तेस्रो दिन नौ करोडको व्यापार गरेको थियो।
फिल्मले ओभरसिजमा पहिलो दिन ८ दशमलब २० करोड, दोस्रो दिन १३ दशमलब ४० करोड, तेस्रो दिन ९ दशमलब ४० करोड र चौथो दिन १३ दशमलब २५ करोडको कमाइ गरेको थियो । यो आंकडाअनुसार फिल्मले विदेशमा करिब ४३ दशमलब २५ करोडको व्यापार गरिसकेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment