प्रेमीबाट अलग्गिइन् पूर्व पोनस्टार मिया खालिफा
लसएञ्जल्स। पोर्न उद्योगको पहिचान बनेकी मिया खालिफा अब एक हाउस होल्ड नाम बनिसकेकी छन्। सोसियल मिडिया सेनसेसन मिया प्रायः केही न केही गरिरहेकी हुन्छिन्, जसकारण उनी चर्चामा आउँछिन्।
उनी ट्वीटरसँगै टिकटकमा पनि लोकप्रिय छिन्। हालैमात्र उनले आफ्नो प्रेमी ‘प्युर्टो रिकान’ गायक झे कोर्तेजसँग ब्रेकअप भएको घोषणा गरेकी छन्।
यो जोडीले गत वर्षको नोभेम्बरबाट डेट सुरु गरेका थिए। दुवैबीच राम्रै सम्बन्ध चलिरहेको थियो। मिया प्रेमीप्रति निकै उत्साहित पनि थिइन्। पूर्व पोर्नस्टार प्रायः प्रेमीसँगको फोटो सामाजिक सञ्जालमा राखिरहन्थिन्।
एडल्ट फिल्मकी लेबनानी अभिनेत्रीले टिकटकमा एक अनौठो सन्देश सेयर गरेकी छन्। जुन सन्देश देखेर जोकोही चकित भइरहेका छन्। ‘जब तपाईं भावनात्मक रूपले सारा सम्बन्धलाई परिपक्व बनाउनुहुन्छ, तर तपाईं कुनै अर्को मानिसको ठूलो छोरालाई पाल्नका लागि आफ्नो भित्री युद्धबाट बच्न पाउनुहुन्न’, उनले लेखेकी छन्।
मियाले यो सन्देश आफ्नै एक उदास तस्बिर राखेर सेयर गरेकी छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment