वैशाख १ मा ‘भगवत गीता’
काठमाडौँ। कृष्ण जन्माष्टमीको अवसर पारेर शुक्रबार सुहाना थापाको फस्टलुकसहित फिल्म ‘भगवत् गीता’को घोषणा गरिएको छ। सुहाना थापा मुख्य भूमिकामा रहने फिल्म नामसँगै सुहाना थापा प्रोडक्सनले आगामी वर्षको १ वैशाखलाई रिलिज मिति तोकेको छ।
फिल्मकी निर्देशक झरना थापाले फेसबुकमार्फत टाइटल टिजर र मिति सार्वजनिक गरेकी छन्। फिल्मका निर्मातामा सुनीलकुमार थापा रहनेछन्। झरनाका अनुसार फिल्मका लागि सुहानाको जोडी खोजी भइरहेको छ। फिल्मले अन्तरजातीय प्रेमकथा बोल्नेछ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment