माओवादी स्थायी कमिटी बैठक पदाधिकारी चयन गर्न असफल
फाइल फाेटाे।
काठमाडौं। माओवादी केन्द्रले पदाधिकारी चयन गर्न सकेको छैन। शुक्रबार बिहान पदाधिकारी चयन गर्न भन्दै बसेको स्थायी समिति बैठक विनानिष्कर्ष टुंगिएको छ।
पदाधिकारी चयनका लागि छलफल सकिएको र अन्तिम रुप दिन बाँकी रहेको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। ‘टुंगोमा अझै पुग्या छैन, पदाधिकारीको विषयमा र कार्यक्रमको विषयमा गम्भीर रुपले छलफल गर्यौं,’ महराले भने।
पदाधिकारी चयनका विषयमा लगभग टुंगो पुगेको र शनिबार बस्ने बैठकले यसबारे निर्णय लिने महराले जानकारी दिए। भ्रातृ संगठन वाईसीएसलको भेलासहितका विभिन्न्न कार्यक्रममा सहभागी हुन नेताहरु जानुपर्ने भएकाले शुक्रबार पदाधिकारीका विषयलाई थाती राखिएको उनले बताए।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment