सौन्दर्य प्रतियोगिता ‘ढाका फेस’को तयारी

डिसी नेपाल
३ भदौ २०७९ १२:३६
36
Shares

काठमाडौँ। ढाका इभेन्टले फरक शैलीको सौन्दर्य प्रतियोगिता ‘ढाका फेस’ आयोजना गर्ने भएको छ। आयोजकका अनुसार प्रतियोगिताका लागि चाँडै नै काठमाडौंमा अडिसन हुँदैछ।

ढाका इभेन्टकी सञ्चालक सुजु पाण्डेले सांस्कृतिक मूल्य, मान्यता, मौलिक परिचयको महत्वलाई सम्बोधन र प्रवद्र्धन गर्ने उद्देश्यले ‘ढाका फेस’ को अवधारणा ल्याइएको बताइन्।

कम्पनीले यसअघि नेपालमै पहिलोपटक ‘ढाका ब्राइडल रनवे’ को आयोजना गरेको थियो। यो शोमा परमिता राणा, अश्मी श्रेष्ठ, करुणा श्रेष्ठ, सविता कार्की, सिर्जना रेग्मीलगायतका मोडलले ¥याम्प नापेका थिए। कम्पनीले ‘मिलाने रनवे’ र ‘ढाका रनवे’ जस्ता शोको आयोजना पनि गरिसकेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *