मनास्लु वर्ल्ड कलेजको अभिमुखीकरण कार्यक्रम सम्पन्न
काठमाडौँ। चाबहिल चुच्चेपाटी स्थित मनास्लु वर्ल्ड कलेजले अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। बिहीबार एक कार्यक्रमका बिच मनास्लु कलेजले कक्षा ११ का नव आगन्तुक विद्यार्थीलाई स्वागत गरेको हो ।
कलेजका प्रिन्सिपल गेन्द्र लामाको अध्यक्षता, नेपाली कांग्रेसका महामन्त्री गगन थापाको प्रमुख आतिथ्यता, पत्रकार ऋषि धमलाको विशिष्टआतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा मनास्लु कलेजका शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा करिब ६०० बढी नव आगन्तुक विद्यार्थीलाई स्वागत गरिएको क्यापसले जनाएको छ। उपस्थित विद्यार्थीलाई स्वागत गर्दै मनास्लु वर्ल्ड कलेजका अध्यक्ष गेन्द्र लामाले मनास्लु छनोट गरेर विद्यार्थीले उपयुक्त निर्णय गरेको बताए।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जीवनमा सफल बन्न सही निर्णय सही समयमा गर्नु पर्ने बताए। उनले आफ्नो विद्यार्थी जीवन स्मरण गर्दै भने हामी सफल हुन सही निर्णय सही समयमा गर्न सक्नुपर्छ सकारात्मक सोच र कामले नै मान्छेलाई सफलताको गन्तव्यमा पुराउँछ। कार्यक्रममा विशिष्ट पत्रकार ऋषि धमलाले नव आगन्तुक विद्यार्थीलाई सफल जीवन बनाउनेबारे महत्त्वपूर्ण सुझावहरू दिए। कार्यक्रममा बोल्ने वक्ताहरूले पनि मनास्लु कलेज गुणस्तरको पर्याय बनेकै कारण निरन्तर सफलताको यात्रातिर लम्किरहेको धारणा राखेका थिए।







डिसी नेपाल








Facebook Comment