राति खाली पेटमा कहिल्यै नसुत्नुहोस्, यस्तो हुन सक्छ

डिसी नेपाल
५ भदौ २०७९ १४:०८
800
Shares

काठमाडौं । राम्रो स्वास्थ्यका लागि हामीले दिनमा कम्तीमा ३ पटक खाना खानुपर्छ । जसले गर्दा हाम्रो शरीरमा ऊर्जा कायम रहन्छ। बिहानको खाजा, दिउँसो वा बेलुकाको खाना, स्वास्थ्य विशेषज्ञहरूले यी कुनै पनि खाना नहुने बताउँछन्। आज हामी बेलुकाको खाना नखाँदा तपाईको स्वास्थ्यमा के–कस्ता हानी हुनसक्छ भन्ने बारेमा कुरा गर्ने छौँ ।

कति मानिसहरु बेलुकाको खान मोटाउने डर पनि नखाने गर्दछन् । यसका साथै बेलुकाको खाना छोड्नुका धेरै कारण हुन सक्छन्। सामान्यतया तपाई थकानका कारण चाँडै सुत्नु हुन्छ र खाना खानको लागि उठ्न सक्नुहुन्न। केही व्यक्तिहरू पारिवारिक विवाद वा यात्राको कारणले रातको खाना छोड्छन्, तर याद गर्नुहोस् बेलुकाको खाना नखानु स्वास्थ्यको लागि हानिकारक पोषणविद्हरु बताउँछन् ।

धेरै मानिसहरूलाई लाग्छ कि शरीरलाई राती खाना खानु आवश्यक छैन। तर स्वास्थ्य विज्ञहरूका अनुसार शरीरले २४ घन्टा ऊर्जा उत्पादन गर्छ र हरेक समय क्यालोरी बर्न गर्ने काम गर्छ। यसका लागि शरीरलाई पोषक तत्व चाहिन्छ ।

फ्लोरिडा स्टेट युनिभर्सिटीका अन्वेषकहरूका अनुसार राती सुत्नुअघि प्रोटिन शेक खाने पुरुषहरू अन्य मानिसहरूको तुलनामा बढी ऊर्जावान महसुस गर्छन्। त्यसैगरी, राति खाली पेटमा सुत्दा भोलिपल्ट थकान महसुस हुन सक्छ, जसले तपाईंको काम गर्ने क्षमतालाई असर गर्छ।

खाली पेटमा सुत्दा धेरै रोग लाग्ने खतरा पनि बढ्छ । खाली पेटमा सुत्दा शरीरलाई हुने बेफाइदाहरु यस प्रकार रहेक छन् ।

बेलुकाको खाना नखानुका बेफाइदाहरु:

-राति भोक नलाग्न सक्छ, तर पनि खाना नखाई सुत्नु हुँदैन किनभने हाम्रो शरीरले २४ घन्टा ऊर्जा उत्पादन गर्छ र हरेक समय क्यालोरी बर्न गर्नुपर्छ। यसका लागि शरीरलाई पोषक तत्व चाहिन्छ जुन खानाबाट मात्रै पाइन्छ । खाना छाड्दा तपाईंको शरीरको प्रक्रियामा गडबड हुने गर्दछ । जसले धेरै समस्याहरू निम्त्याउन सक्छ।

-राती भोको पेट सुत्दा शरीरमा पोषणको कमी हुन्छ। स्वास्थ्य विज्ञहरुका अनुसार शरीरलाई स्वस्थ रहन धेरै पोषक तत्व चाहिन्छ । तर राति खाली पेट सुत्दा मानिसको शरीरमा यी सबै पोषक तत्वको कमी हुन्छ, जसले गर्दा मानिसलाई धेरै रोगको शिकार बन्न सक्छ ।

-बेलुकाको खाना नखाने मानिसको तुलनामा राती प्रोटिनयुक्त आहार लिने मानिसको शरीरमा ऊर्जा बढी हुन्छ, त्यसैले खाना छाड्ने गल्ती गर्नु हुँदैन ।

-राति खाना नखाएमा रगतमा खराब कोलेस्ट्रोलको मात्रा बढ्न थाल्छ। जुनपछि उच्च रक्तचाप, मधुमेह, कोरोनरी आर्टरी डिजिज र ट्रिपल वेसल डिजिजको कारण बन्न थाल्छ ।

-बेलुकाको खाना नखाँदा शरीरमा थाइराइडको स्तर बढ्न थाल्छ। जसका कारण धेरै समस्याहरु आउन सक्छन् ।

-खाली पेट सुत्दा राति अबेरसम्म भोक लाग्दा पेट दुख्ने समस्या हुन सक्छ। जसले तपाईको निद्रामा बाधा पुर्‍याउन सक्छ। त्यसैले आरामदायी निन्द्रा लिन चाहनुहुन्छ भने खाना नखाई सुत्नु हुँदैन ।

-राति खाना नखाँदा तौल बढ्न थाल्छ जुन धेरै रोगको जड हो । मोटोपनाबाट पीडित धेरैलाई लाग्छ कि राति खाली पेटमा सुत्दा चाँडै तौल घट्छ । यदि तपाई पनि यस्तै सोच्नुहुन्छ भने तपाई गलत हुनुहुन्छ । तर, स्वास्थ्य विशेषज्ञहरूले राति हल्का खाना खाने सल्लाह दिन्छन्। तर खाना नखाई सुत्दा स्वास्थ्यमा हानि पुग्छ र तौल पनि बढ्छ ।

-बेलुकाको खाना नखाई सुत्ने बानी भएका मानिसको मेटाबोलिज्ममा नराम्रो असर पर्छ । यसले शरीरको इन्सुलिनको स्तरलाई पनि असर गर्छ। यसबाहेक खाली पेटमा सुत्दा कोलेस्ट्रोल र थाइराइडको स्तर पनि बढ्छ । यो बानीले तपाईलाई धेरै रोगको सिकार बनाउन सक्छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *