अनुहारको छालालाई चम्किलो बनाउन चाहनुहुन्छ ? यो फेस प्याक लगाउनुहोस्
काठमाडौं । बढ्दो प्रदूषण, पराबैंगनी किरण र तनावका कारण हाम्रो छाला दिनप्रतिदिन सुख्खा र निर्जीव बन्दै गएको हुन्छ । यो समयमा छालाको समस्याले सबैलाई सताउने गर्दछ । सुख्खा छाला लुकाउनका लागि हामी विभिन्न प्रकारको मेकअप प्रोडक्ट लगाउने गर्दछौं । जसले गर्दाअनुहारको अवस्था बिग्रन्छ । अन्त्यमा हाम्रो अनुहारको छाला कम उमेरमा चाउरी र झिल्लीहरू आउने गर्दछ।
यी समस्या यति धेरै बढेका छन् कि बजारमा महँगो ब्यूटी प्रोडक्टहरू उपलब्ध छन्। तर कहिलेकाहीं तिनीहरूबाट पनि समस्या समाधान भइरहेको हुँदैन । तर केही यस्ता ब्यूटी टिप्स छन्, जसको बारेमा थाहा पाएर हामीले घरमै आफ्नो सौन्दर्य कायम राख्न फेस प्याक बनाउन सक्छौँ। आज हामी तपाईलाई यो समस्या समाधान गर्ने घरेलु उपायका बारेमा बताउन गइरहेका छौँ ।
यी तीन कुराले छालालाई चम्किलो बनाउँछ:
अनुहारको छालाको अवस्था विग्रिन नदिने एउटा घरेलु उपाय भनेको एलोभेरा, बेसार र दहीको फेस प्याक हो। आयुर्वेदमा पनि यी तीन चीजको औषधीय शक्ति उल्लेख गरिएको पाइन्छ। बेसार, दही र एलोवेरा यी सबै आयुर्वेदिक गुणहरूले भरिपूर्ण छन्। यस्तो अवस्थामा यी तीनवटै मिलेर छालाको लागि रामबाण औषधिको काम गर्ने गर्दछ ।
फेस प्याक कसरी बनाउने?:
यसलाई बनाउनको लागि तपाईले थोरै एलोवेरा जेल लिनु पर्छ र त्यसपछि त्यसमा बराबर मात्रामा बेसार मिसाउनु पर्छ। बेसार र एलोभेरा मिक्सरमा लगाएर राम्ररी मिलाउनुहोस्। अब यस मिश्रणमा बराबर मात्रामा दही मिसाएर राम्रोसँग पेस्ट तयार गर्नुहोस्। यो पेस्ट फेस प्याक जस्तै गरि लगाउनुहोस् । यो फेस प्याकमा तपाईले मह पनि मिसाउन सक्नुहुनेछ ।
कसरी लगाउने ?
तयार फेस प्याक लगाउनुअघि अनुहार राम्ररी धुनुहोस्। टिस्यु पेपर वा तौलियाले अनुहार सुकाउनुहोस्। त्यसपछि यो पेस्टलाई चम्चाले राम्ररी मिलाउनुहोस् र कपासको सहायताले अनुहार र घाँटीमा राम्रोसँग लगाउनुहोस्। यसलाई लगभग १५ देखि २० मिनेटको लागि छोड्नुहोस्। यो हल्का सुकेपछि चिसो पानीले धुनुहोस्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment