अदालत बाेलाउन माग गर्दै मस्कले गरे ट्वीटरका सहसंस्थापकविरुद्ध उजुरी
न्युयोर्क। सामाजिक सञ्जाल ट्वीटरसँगको आफ्नो कानुनी लडाइको एउटा हिस्साका रूपमा विश्वकै धनाढ्य एलन मस्कले ट्वीटरका सहसंस्थापक ज्याक डोर्सेलाई अदालतमा बोलाउन कानुनी कदम सुरु गरेका छन्। फर्जी अकाउन्टबारे कम्पनीले पर्याप्त सूचना नदिएको आरोप लगाउँदै मस्कले ट्वीटरसँगको ४४ अर्ब डलरको सम्झौता अन्त्य गर्न खोजिरहेका छन्। ट्वीटर किन्न दबाब दिने प्रयत्नसहित सामाजिक सञ्जालले मस्कविरुद्ध उजुरी गरेको छ।
दुबै पक्षले अदालत बाहिर पहिले नै समाधान गर्ने निर्णय नगरेसम्म अक्टोबरमा अमेरिकाको डेलावेयरमा मुद्दाको सुनुवाइ हुनेछ । विश्वकै धनाढ्य मस्कलाई न्यायाधीशले प्रति सेयर ५४ दशमलब २० डलरको सहमत मूल्यमा टेकओभर पूरा गर्न आदेश दिने ट्वीटरको विश्वास छ।
तर, मुद्दा तयारीको अंशको रूपमा मस्कका वकिलहरूले टेस्लाका मालिकको झगडा मिलाउन उनका साथी तथा ट्वीटरका पूर्वप्रमुख डोर्सीलाई बोलाएका छन्। गत जुलाईमा अर्बपति मस्कले ट्वीटर किन्ने सम्झौतबाट अलग हुने योजनामा रहेको बताएपछि कम्पनीले उनीविरुद्ध मुुद्दा दायर गरेको थियो।
फर्जी विवरणबारे सूचना रोकेको मस्कले कम्पनीलाई आरोप लगाएका थिए तर, ट्वीटरले यसलाई क्रेताले दोष लुकाउन गरेको बहाना बताएको थियो। डोर्सी नोभेम्बरमो ट्वीटरको प्रमुख कार्यकारीबाट राजीनामा दिएका थिए र गत अप्रिलमा कम्पनी बेच्ने कबोल घोषणा गर्दा उनले मस्को समर्थनमा यसरी ट्वीट गरेका थिए, ‘ एलोन मलाई विश्वास गर्ने एकल समाधान हो। म उहाँको मिसनमा चेतनाको ज्योति फैलाउने विश्वास गर्छु। ’
गत महिना एक अमेरिकी न्यायाधीशले मस्कविरुद्धको ट्वीटरको मुद्दा अक्टोबरमा सुनुवाइ गर्नुपर्ने फैसला सुनाएका थिए।







डिसी नेपाल







Facebook Comment