फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिनको ड्रग्स परीक्षणको नतिजा आयो

डिसी नेपाल
७ भदौ २०७९ ११:०६
408
Shares

काठमाडौं । फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिनको ड्रग्स परीक्षण नेगेटिभ आएको छ । यो जानकारी सरकारले दिएको हो । केही दिनअघि सन्ना मरीन पार्टी गरिरहेको भिडियो भाइरल भएको थियो जसमा उनी नाच्दै, गाउँदै र केही पिउँदै गरेको देखिएकी थिइन् ।

यो भिडियोलाई उद्धृत गर्दै भनिएको थियो कि उनले ड्रग्स पनि लिएकी थिइन्, त्यसपछि ३६ वर्षीय मरीनले शुक्रबार ड्रग्सपरीक्षण गर्न राजी भइन्।

फिनल्याण्डकी प्रधानमन्त्रीले पार्टीमा रहेर पनि आफूले कहिल्यै लागुऔषध सेवन नगरेको र गैरकानूनी काम नगरेको बताएकी छन् । उनले मदिरा सेवन गरेको स्वीकार समेत गरेकी छन् ।

यस पार्टीको एउटा भिडियो लीक भएको थियो, जसमा सन्ना मरीन फिनल्याण्डकी पपस्टारसहित अन्य केही व्यक्तिसँग देखिएकी छिन् ।

सरकारले जारी गरेको विज्ञप्तिमा ‘परीक्षणमा ड्रग्स नभेटिएको’ भनिएको छ । यो परीक्षणका लागि प्रधानमन्त्री आफैंले पैसा दिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

विशेष सल्लाहकार लिडा भ्यालिनलाई उद्धृत गर्दै समाचार एजेन्सी एएफपीले साना मरिनको पिसाबको नमूनाबाट कोकिन, अफिमबाट बनेको लागूऔषध, गांजा आदि जाँच गरिएको बताएको छ ।

पार्टीको भिडियो सार्वजनिक भएपछि मरिनले धेरै राजनीतिज्ञहरूको आलोचनाको सामना गर्नु परेको छ। विपक्षी दलका एक नेताले साना मरिनलाई ड्रग्स परीक्षण गराउन माग गरेका थिए । गत हप्ता एक पत्रकार सम्मेलनमा साना मरीनले आफू सानै छँदा पनि आजसम्म कहिल्यै लागूऔषध सेवन नगरेको बताइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *