आफ्नै चुनाव चिह्न लिएर निर्वाचनमा जान्छौँ : माधव नेपाल

डिसी नेपाल
७ भदौ २०७९ १४:१२
272
Shares

काठमाडौं। एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले आफ्नै चुनाव चिह्न लिएर आसन्न निर्वाचनमा जाने बताएका छन्।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले सत्तारुढ गठबन्धनलाई आधार मानेर आ-आफ्नै चुनाव चिह्न लिएर निर्वाचन जाने जानकारी दिएका हुन्। एकीकृत समाजवादी र माओवादी केन्द्रबीच एउटै घोषणपत्र लिएर चुनावमा जाने तयारीमा छन्।

माओवादीसँग मिलेर जाने विषयमा पनि छलफल भइरहेको जानकारी दिएका अध्यक्ष नेपालले चुनावपछि माओवादी केन्द्रसँग पार्टी एकता प्रक्रिया अगाडि बढ्ने बताए। यसका लागि संयोजन समिति बनाउने तयारी भइरहेको उनको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.