आधुनिक एलोप्याथी चिकित्साविरुद्ध बयान दिएको विषयमा सर्वोच्च अदालतले बाबा रामदेवसँग जवाफ माग्यो

डिसी नेपाल
७ भदौ २०७९ १७:०३
12
Shares

काठमाडौं । सर्वोच्च अदालतले अहिले योग गुरु रामदेवलाई कोरोना महामारीका बेला एलोप्याथीको बिरूद्ध बयान दिएकोमा प्रश्न गरेको छ । सर्वोच्च अदालतले यस विषयमा केन्द्र सरकारलाई नोटिस जारी गरेको छ।

प्रधानन्यायाधीश एनवी रमन्ना र न्यायाधीश हिमा कोहली, सीटी रविकुमारको इजलासले मंगलबार इन्डियन मेडिकल एसोसिएसन (आईएमए) द्वारा दायर याचिकाको सुनुवाईको क्रममा बाबा रामदेवलाई कडा अडान लिएको थियो।

सर्वोच्च अदालतले सोध्यो, “बाबा रामदेवले डाक्टर, एलोप्याथी विरुद्ध किन आरोप लगाइरहेका छन् ? उनले योगलाई लोकप्रिय बनाए। राम्रो छ। तर उनले अन्य प्रणालीको आलोचना गर्नु हुँदैन। उनी जुन कुरा पछ्याउँदै छन् त्यसको के ग्यारेन्टी छ? रोग निको हुन्छ? बाबा रामदेवले यसरी व्यवस्थाको कुप्रचार किन गरिरहेका छन्?”

आईएमएले आफ्नो याचिकामा कोरोना महामारीका बेला आफ्नो खोप अभियान र आधुनिक औषधिविरुद्ध बाबा रामदेवले अभियान चलाएको बताएको थियो ।

बार र बेन्चको समाचारका अनुसार, आईएमएले याचिकामा भनेको छ, “अपमानजनक टिप्पणीहरू गरियो र मानिसहरूलाई भ्रममा पारियो। सरकारलाई पनि थाहा छ कि आयुष कम्पनीहरू द्वारा भ्रामक विज्ञापनहरू भइरहेका छन् … तिनीहरू भन्छन् कि डाक्टरहरूले एलोप्याथी उपचार गरे पनि कोरोना महामारीको समयमा मानिसहरूले आफ्नो ज्यान गुमाउँदैछन्। यदि यस प्रकारको भाषणबाजी रोकिएन भने यसले हामीलाई गम्भीर नोक्सान पुर्‍याउँछ।”

यसमा न्यायमूर्ति रविकुमारले सहमति जनाउदै भने, ‘एलोप्याथीको खिल्ली उडाएको जस्तो देखिन्छ ।’

गत हप्ता, दिल्ली उच्च अदालतले पनि एक याचिकाको सुनुवाईको क्रममा एलोप्याथी विरुद्ध कसैलाई पनि भ्रममा नपर्न भनेको थियो। गत वर्ष आईएमएले बाबा रामदेवले पतञ्जली कम्पनीले बनाएको कोरोनिललाई कोभिड–१९ को उपचारको औषधि भनेको भन्दै उच्च अदालतमा निवेदन दायर गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *